रातोपोस्ट संवाददाता

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी विप्लवका गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्टलाई प्रहरीले पुन गिरफ्तार गरेको छ ।
बिहीबार जिल्ला प्रशासन कार्यालय कास्कीबाट रिहा भए लगत्तै कुमाल र भट्टलाई प्रहरीले पुन पक्राउ गरी ट्याक्सीमा हालेर स्याङजातर्फ लगेकाे थियाे ।
बैशाख २२ गते गोरखाबाट गिरफ्तार गरिएका उनीहरु जिल्ला प्रशासनले तोकेको २ हजार धरौटी नतिरेरै कारागार पुगेका थिए । यस अघि पनि उच्च अदालतले २५ हजार धरौटीमा रिहा गरेको थियो तर अदालतले तोकेको २५ हजार धरौटी तिर्न नसकेपछि उनीहरु दुवैजना २५ दिन कारागार बसेका थिए ।