झापा।होटलको शहरका रुपमा परिचित पूर्वी नाका काँकरभिट्टा क्षेत्रमा अर्को सुविधा सम्पन्न होटल थपिएको छ ।
मेचीनगर–७ स्थित प्यारिभिट्टामा गत शनिबारबाट पाथिभरा होटल लज एण्ड थकाली किचन सञ्चालनमा आएको हो ।
काँकरभिट्टा बजारबाट करिब डेढ किलोमिटर पश्चिमको प्यारिभिट्टा नयाँ बस पार्कमा अवस्थित सो होटलले सेवा सुरु गरेको छ ।
मेचीनगरका राजु शिवाकोटी, खगेन्द्र मैनाली र उत्सव रिजालले २ करोड रुपैयाँको लगानीमा सुविधायुक्त होटल सञ्चालन गरेका हुन् ।
सेवाग्राहीलाई सस्तो मूल्य र पारिवारिक वातावरणमा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले होटल व्यवसाय थालिएको सञ्चालक शिवाकोटीले बताए ।
‘व्यवसायिक पाटो त छँदैछ, ग्राहक सन्तुष्ट भए मात्र हाम्रो लक्ष्यले सार्थकता पाउँछ’ अर्का सञ्चालक मैनालीले थपे–‘त्यसैले, सेवाग्राहीको सन्तुष्टि नै हाम्रो सफलता हुनेछ ।’
लगानीकर्ता मध्येका रिजालका अनुसार सुन्दर, शान्त र रमणीय वातावरणमा सेवा उपलब्ध गराउने ध्येयले व्यवसाय सञ्चालन गरिएको हो ।
उक्त होटलमा विभिन्न स्वादमा परम्परागत नेपाली खाना तथा खाजाका परिकार, विभिन्न पेय पदार्थ र बसोबासको सुविधा उपलब्ध रहेको सञ्चालकहरु बताउँछन् ।
थकाली खानाका साथै नेपाली, इन्डियन, चाइनिज, कन्टिनेन्टल खानाका परिकार सस्तो मूल्यमा उपलब्ध गराइने होटलमा रहेका ८ वटा कोठामध्ये ४ वटा एसि र ४ वटा नन एसि रहेका छन् ।
सञ्चालकका अनुसार होटलमा व्यवस्थित सवारी पार्किङ स्थल, कार्यक्रमका लागि उपयुक्त कक्ष, हवाईजहाज, बसका टिकटलगायतका सुविधा उपलब्ध छ ।
युवाहरु रोजगारीका लागि विदेश गइरहँदा मेचीनगरका तीन युवा भने स्वदेशमै रोजगारको सिर्जना गरी आत्मनिर्भर बन्ने प्रयत्न गर्नुले वैदेशिक रोजगारीको योजना बनाएकालाई प्रेरणा मिल्ने स्थानीयको प्रतिक्रिया छ ।
प्यारिभिट्टामा पाथिभरा होटल
रातोपोस्ट संवाददाता
- आजदेखि चलचित्र डिग्री माइला प्रदर्शन
- तेक्वान्दोका रोशन र बक्सिङकी त्रिशा झापा स्पोर्टस् अवार्डको उत्कृष्ट वर्ष खेलाडी
- आदिवासी समुदायले सिरुवा पर्व मनाउँदै
- पातालगङ्गा घैलाडुब्बा मन्दिरको अध्यक्षमा खरेल चयन
- दुर्गापुरमा बसले झारेको युवकको मृत्यु
- सुरेन्द्रनगर घैलाडुब्बा मन्दिर समितिको सपथ ग्रहण कार्यक्रम सम्पन्न
- कालिका सामुदायिक वनमा मृत भेटिएकाे हात्तीलाई गोली हानेर मारेको पुष्टि
- कांग्रेस कोशीको प्रमुख सचेतकमा गोपाल तामाङ
- एनसेल टावरमा कुकर बम विष्फोट, जनमुक्ति सेनाको पर्चा भेटियो
- जातीय भेदभाव प्रकरण : हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी प्रहरी नियन्त्रणमा