News Portal

प्रतिएमबी ३ पैसामै टेलिकमको इन्टरनेट

रातोपोस्ट संवाददाता
१४२४ पटक

काठमाडौं। नेपाल टेलिकमले प्रतिएमबी ३ पैसामै इन्टरनेट सुविधा उपलब्ध गराउने भएको छ । कम्पनीले दैनिक रूपमा प्रयोग गर्न सकिने गरी ‘प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजनाअन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो ।

सुविधा लिनका लागि वान डी वान जी लेखेर १४१५ मा सन्देश पठाउनुपर्ने कम्पनीले बताएको छ । सुविधाअन्तर्गत २४ घन्टासम्म प्रयोग गर्न सकिने गरी ४५ रुपैयाँ (करसहित) मा १ जिबी डाटा चलाउन सकिनेछ । यस छुट योजनामा प्रतिएमबी करसहित ४.५ पैसा लाग्छ ।

यसैगरी कम्पनीले ग्राहकहरूको सुविधालाई ध्यानमा राखी सात दिनका लागि जम्मा २ सय ५० रुपैयाँमा ७ जिबी डाटा योजना पनि उपलब्ध गराइरहेको छ । सेभेन डी सेभेन जी लेखेर १४१५ मा सन्देश पठाएपछि ७ दिनसम्म प्रतिदिन १ जिबीका दरले डाटा प्रयोग गर्न सकिन्छ । यस प्याकेजमा प्रतिएमबी करसहित ३.५ पैसा मात्र लाग्छ । नेपाल टेलिकमको सबभन्दा सस्तो दरको इन्टरनेट सेवा प्रयोग गर्नका लागि २८ जिबीको सुविधा लिन सकिन्छ ।

यस प्याकेजमा ८ सय ५० रुपैयाँले २८ दिनसम्म २८ जिबी डाटा चलाउन पाइन्छ । यो सुविधा प्रयोग गर्नका निम्ति २८ डी २८ जी लेखेर १४१५ मा सन्देश पठाउनुपर्छ । यो सेवा दैनिक १ जिबीका दरले २८ दिनसम्म प्रयोग गर्न सकिन्छ । यो प्याकेज प्रयोग गर्दा इन्टरनेटको मूल्य प्रतिएमबी करसहित ३ पैसा मात्र पर्छ ।

प्रतिकृया दिनुहोस्