News Portal

तीज मनाएर फर्किएका चेली जिप दुर्घटना हुँदा तीनको मृत्यु, २४ घाइते

रातोपोस्ट संवाददाता
७२१ पटक

स्याङ्जा : तीज मनाएर माइतीबाट घर फर्किंदै गरेका महिलाहरू सवार जिप स्याङ्जाको गल्याङमा बुधबार दुर्घटना हुँदा एक बालकसहित ३ जनाको मृत्यु भएको छ। २४ जना घाइतेको पाल्पामा उपचार भइरहेको छ।

मध्यान्ह १२ बजेतिर लु १ ज ३८४१ नम्बरको जिप गल्याङ बजार नजिकै विपिसि रोडमा दुर्घटना भएको प्रहरी चौकी गल्याङले जनाएको छ ।

मृत्यु हुनेहरुमा वालिङ् नगरपालिका १३ बस्ने सन्दिप परियारको ९ महिनाका छोरा पल्सन परियारको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै रम्भा गाउँपालिका १ पाल्पा बस्ने ७० वर्षीय सिता नेपाली र साेही ठाउँ बस्ने ३४ वर्षीय मञ्जु भण्डारीको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको प्रहरी चौकी गल्याङका प्रमुख यामनाथ बगालेले बताएका छन् ।

घाइते मध्ये १८ जनाको लुन्बिनी मेडिकल कलेज प्रभास पाल्पामा र बाँकीको युनाइटेड मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरी चौकी गल्याङका प्रमुख यामनाथ बगालेले जानकारी दिए । विपरित दिसाबाट आउँदै गरेको ट्रिपरलाई साइड दिने क्रममा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकदेखि करिब तीन सय मटर तल खसेको छ ।
दुर्घटनामा घाइते हुने अधिकांस तिज मनाएर फर्केकाहरु छन् । यस सन्दर्भमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस्