News Portal

झापामा करेन्ट लागेर १ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
८६१ पटक

झापा। खुर्पा बनाउने क्रममा करेन्ट लागेर झापामा एक जनाको शनिवार मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्दशी गाउँपालिका ५ स्थित पिपल चोक बस्ने ४४ वर्षीय पूर्णबहादुर बिक रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार आफ्नै घरमा खुकुरी, कोदालो, खुर्पा, फलामको अन्य सामान बनाउने काम गर्दै आइरहेका विकले शनिवार बिहान खुर्पा बनाउने क्रममा अचानक ग्यालेनडरको पछाडिको भागको नट फुस्किदा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागी बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल लगिएको र उनको उपचारको क्रममा पौने १ बजे मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्