News Portal

डेंगु संक्रमणबाट एक किशोरको मृत्यु

रातोपोस्ट संवाददाता
६२४ पटक

विराटनगर : विराटनगरमा ६ दिन अघि डेंगुको संक्रमण पुष्टि भएका एक किशोरको उपचारका क्रममा मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–९ भूमि प्रशासन चोकका राजकुमार शर्माका छोरा १८ वर्षीय अविनाश शर्माको मृत्यु भएको हो । अविनाश विराटनगर–१० मा रहेका शिक्षादीप कलेजको कक्षा १२ मा अध्ययनरत थिए । काका उमेश शर्माका अनुसार अविनाशलाई यही भदौ २० गते सामान्य ज्वरो आएको थियो ।

त्यसपछि सप्तकोसी नर्सिङ होमको बहिरंग विभागमा स्वास्थ्य र ल्याब परीक्षण गराउँदा उनमा डेंगुको संक्रमण रहेको पुष्टि भएको थियो । अस्पतालका फिजिसियन डा. अरविन्द साहले अस्पतालमा भर्ना भएका साहमा डेंगुको संक्रमण पुष्टि भएको बताए ।

प्रतिकृया दिनुहोस्