News Portal

  • हिमाली जिल्ला ताप्लेजुङमा पनि डेंगु संक्रमित फेला

    रातोपोस्ट संवाददाता
    ७४७ पटक

    ताप्लेजुङ : हिमाली जिल्ला ताप्लेजुङमा पनि डेंगु संक्रमित फेला परेका छन्। आठराई त्रिवेणी गाउँपालिकाकी एक महिलामा डेंगु संक्रमण फेला परेको ताप्लेजुङ जिल्ला अस्पतालका प्रमुख डा. सोनिङ लामाले जानकारी दिए।

    संक्रमित महिलालाई थप उपचारका लागि अन्यत्रै रेफर गरिएको अस्पतालले जनाएको छ। बिरामी भएर जिल्ला अस्पताल भर्ना भएकी ती महिलामा डेंगुको जस्तै लक्षण देखा परेपछि परीक्षण गरिएको थियो। यसअघि पनि दुई जनामा डेंगुको संक्रमण देखा परेको भए पनि उनीहरु अन्य जिल्लामा गएर फर्किएकाले त्यही संक्रमण भएको अस्पतालको आशंका छ। तर यी महिला भने जिल्लाबाहिर पनि नगएको बुझिएको प्रमुख डा. लामाले बताए।

    ताप्लेजुङको हावापानीमा एडिज एजिप्टाइ र एडिज अल्बोपिक्टस प्रजातिको पोथी लामखुट्टे भेटिने सम्भावना कम भए पनि डेंगुको संक्रमित भेटिनुले यसलाई चुनौतीको रुपमा लिनुपर्ने चिकित्सकहरु बताउँछन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)