News Portal

प्लम्बरलाई अपहरण गरेको अभियोगमा साउदी राजकुमारीलाई सजाय

रातोपोस्ट संवाददाता
७३८ पटक

पेरिस: फ्रान्समा एक कामदारलाई अपहरण गरी कुटपिट गरेको अभियोगमा साउदी राजकुमारीलाई यहाँको अदालतले जेलसजाय र ११ हजार डलर जरिवाना तोकेको छ ।

साउदी राजाकी छोरी हास्सा बिन्त सलमानले अंगरक्षकलाई लगाएर पेरिसस्थित अपार्टमेन्टमा एक प्लम्बरलाई कुटपिट गराएको भन्दै मुद्दा दायर भएको थियो । ती व्यक्तिले आफूलाई बाँधेर यातना दिइएको पनि आरोप लगाएका थिए । मुद्दापछि राजकुमारीलाई पक्राउ पुर्जी जारी गरिएको थियो ।

इजिप्टका ती नागरिकले आफूलाई घण्टौँसम्म थुनेर कुटपिट गराएको आरोप लगाएका थिए । २०१८ मार्चमा यस्तो घटना भएको भन्दै मुद्दा अदालतमा पुगेपछि राजकुमारी हास्सालाई पक्राउ पूर्जी जारी गरिएको हो । तर उनीमाथिको फैसला शर्त सहित तत्कालै लागु नहुने गरी गरिएको छ ।

प्रतिकृया दिनुहोस्