News Portal

गाउँ बन्छ देश बन्छ भए एकजुट -रविन्द्र बुढाथोकी

रातोपोस्ट
१०५२ पटक

गित

गाउँ बन्छ देश बन्छ भए एक जुट।
उठ अब राष्ट्रप्रेमी युवा सबै उठ।

कति राम्रो थियो हाम्रो भाषा र भेष
नर्कजस्तो बन्दै गयो स्वर्गजस्तो देश
देश लुट्ने लुटेरालाई दिनु हुन्न छुट
उठ अब राष्ट्रप्रेमी युवा सबै उठ ।

देशमाथी उठ्लाभन्दा तल झर्दै गयो
सुख र समृद्धि त सपना नै भयो
अब हुन दिनु हुन्न छलछाम र झुट
उठ अब राष्ट्रप्रेमी युवा सबै उठ

जोश,जाँगर,हिम्मत,साहस बोकेर
धेरै काम गर्नुपर्छ थोरै खोकेर
बजाऔँ अब पाखुरी र श्रमका बुट
उठ अब राष्ट्रप्रेमी युवा सबै उठ ।

गाउँ बन्छ देश बन्छ भए एक जुट ।
उठ अब राष्ट्रप्रेमि युवा सबै उठ ।
लेखक- रबिन्द्र बुढाथोकी,रामेछाप ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)