News Portal

संविधान दिवसको अवसरमा मिनी म्याराथन सम्पन्न

रातोपोस्ट संवाददाता
६३१ पटक

झापा । संविधान दिवसको अवसरमा संविधान तथा राष्ट्रिय दिवस–२०७६ मुल समारोह समिति झापाले मावि स्तरिय छात्र/छात्रा मिनी म्याराथन आयोजना गरेको छ ।

संविधान तथा राष्ट्रिय दिवस–२०७६ जिल्ला मुल समारोह समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सांसद बसन्त बानियाले मेची पुलमा राष्ट्रिय झण्डोतलन गरि प्रतियोगिताको उद्घाटन गरेका थिए ।

कार्यक्रममा भद्रपुर नगरपालीका प्रमुख जिवनकुमार श्रेष्ठ, प्रहरी उपरीक्षक दिनेश मैनाली, खेलकुद विकास समिति झापाका कार्यालय प्रमुख टहल दाश मैनाली, नेकपाका नेता असारु राजवंशी, विभिन्न संघ/संस्थाका प्रतिनिधि, विभिन्न खेल प्रशिक्षकलगायतको आतिथ्यता रहेको थियो ।

बिहीबार बिहान ७ बजे भद्रपुर ५ स्थित मेची पुलबाट चन्द्रगढी ट्रेड युनियन चौकसम्म मिनी म्याराथन सञ्चालन भएको थियो । म्याराथनमा झापा जिल्ला भरिका कक्षा ९ देखि १२ सम्म अध्यायनरत छात्र÷छात्रा सहभागी भएका थिए ।

प्रतियोगितामा सहभागी भई प्रथम, द्वितीय, तृतीय, चौथो र पाचौं हुने छात्र/छात्राले क्रमशः १० हजार, ८ हजार, ६ हजार, ४ हजार र दुई हजार नगद पुरस्कार र प्रमाणपत्र जितेका छन् । म्याराथन दौडको प्राविधिक व्यवस्थापन जिल्ला खेलकुद विकास समिति झापा तथा प्राथमिक उपचारको व्यवस्थापन मेची अञ्चल अस्पताल र नेपाल रेडक्रस सोसाइटी झापा शाखाले गरेको थियो ।

प्रतिकृया दिनुहोस्