News Portal

भ्रष्टाचार र अनियमितता रोक्न अख्तियार बलियो बनाउने नीति आउँदै : रक्षामन्त्री पोखरेल

रातोपोस्ट संवाददाता
८०१ पटक

झापा : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भ्रष्टाचार र अनियमितता नियन्त्रणका लागि वर्तमान सरकार अख्तियारलाई बलियो बनाउने दिशामा अघि बढिरहेको बताएका छन्।

संविधान दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी  झापा जिल्ला कमिटीले शुक्रवार बिर्तामोडमा आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले अहिले देखिएका भ्रष्टाचारी नयाँ भ्रष्टाचारी नभई पुरानै भ्रष्टाचारी भएकाले त्यसलाई नियन्त्रण गर्न वर्तमान सरकार अख्तियारलाई बलियो बनाउने नीति अघि सारिसकेको छ।

जनतालाई दुःख दिने ती भ्रष्टाचारी वर्तमान सरकारले कुनै हालतमा छुट नदिने बताउँदै उनले भने, ‘त्यस्ता व्यक्तिहरूको पहिचान गरी सरकारले निगरानीसमेत अघि बढाइसकेको छ।’ ‘देशमा पुनः राजतन्त्र आउने जनमासमा भ्रम छर्ने कार्य भइरहेको छ’, रक्षामन्त्री पोखरेलले अगाडि थपे, ‘देश अहिले लोकतन्त्र र गणतन्त्रमा अघि बढ्दै संविधान जारी गराउने दिशामा अघि बढिरहेकोले राजतन्त्र अब कहिले बिउझिदैन। राजतन्त्र भन्नु नै अहिलेको समयमा कुतर्क हो।’ देशमा देखिएका समस्याहरू पुराना नीतिले गर्दा निम्त्याएको बताउँदै उनले यो संविधान लागू भएपछि सबै समस्याको हलको अत्यन्त हुँदै गइरहेको बताए।

कार्यक्रममा नेकपा १ नं. प्रदेश सदस्य जसमाया गजमेर, झापा सहईञ्चार्ज धर्मशिला चापागाई, पार्टीको अन्तर्राष्ट्रिय विभाग उपप्रमुख एवम् केन्द्रीय सदस्य राम कार्की (पार्थ), १ नं. प्रदेश अध्यक्ष देवराज घिमिरे, १ नं. प्रदेश ईञ्चार्ज भीम आचार्य, स्थायी समिति सदस्य हरिबोल गजुरेल (शीतलकुमार) लगायतले नेपालको संविधान २०७२ जनपक्षीय संविधान रहेको र यसको रक्षा तथा विकास गर्नुपर्ने बताए । पार्टी एकीकरणपछिको पहिलो जिल्लास्तरीय जनसभामा ठूलो संख्यामा पार्टी कार्यकर्ता, विभिन्न तहका जनप्रतिनिधि तथा जनसमुदायको सहभागिता रहेको थियो ।कार्यक्रममा चर्चित हास्यकलाकार राजा राजेन्द्र, गीतकार हरि पौडेल लगायतले आफ्ना प्रस्तुति राखेका थिए ।

नेकपा झापा अध्यक्ष चिन्तन पाठकको अध्यक्षतामा  भएकाे साे कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् झापा ईञ्चार्ज रवीन कोइरालाको स्वागत मन्तव्य रहेकाे र कार्यक्रमको सञ्चालन नेकपा झापा सचिव मणिकुमार साम्पाङ (विजय) ले गरेका थिए।

 

 

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)