News Portal

संविधान दिवसको अवसरमा जन–संसद दैनिक र लोकतन्त्र पोष्टलाई सम्मान

रातोपोस्ट संवाददाता
१५४० पटक

झापा। मेचीनगर नगर कार्यापालीकाको कार्यालयले तीन दिवशीय विविध कार्याक्रम गर्दै संविधान तथा राष्ट्रिय दिवस २०७६ सम्पन्न गरेको छ ।

धुलाबारी स्थित अतिथि सदनमा शनिबार अन्तिम दिन संवैधानिक व्यवस्था सम्बन्धी अन्तरक्रिया तथा सम्मान कार्यक्रम आयोजना गरीे संविधान दिवस मनाएको हो । कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सांसद राम कार्की(पार्थ) ले उद्घाटन गरेका थिए ।

सोही कार्यक्रममा मेचीनगरबाट प्रकाशन हुने जन–संसद दैनिक र लोकतन्त्र पोष्टलाई संविधान प्राप्तिमा स्थानिय स्तरबाट महत्वपूर्ण भुमिका निर्वाह गरे वापत सम्मान गरेको मेचीनगर कार्यालयले जनाएको छ ।

त्यसै गरी संविधान निर्माण गर्दा संविधान सभामा मेचीनगरबाट प्रतिनिधित्व गर्ने सांसद नरेन्द्र बिक्रम नेम्बाङ्ग, रविन कोईराला र उसा गुरुङ्गलाई सम्मान गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कार्की, संविधान सभा सदस्य उसा गुरुङ्ग, प्रदेश सभा सांसद गोपाल चन्द्र बुढाथोकीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

प्रदेश सभा सांसद श्रीप्रसाद मैनाली, नेकपाका नेता बिष्णु प्रसाई, नेकपा मेचीनगर अध्यक्ष माधव अर्याल, नेपाली कांग्रेश मेचीनगर सभापती ईन्द्र बहादुर बुडाथोकी, राप्रपा नेपाल मेचीनगर सभापती शुशिल आचार्यलगायतको आतिथ्यता रहेको थियो ।

मेचीनगर नगरपालिका प्रमुख बिमल आचार्यको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा उपप्रमुख मिना उप्रेती (पोख्रेल) ले स्वागत र मेचीनगर सामुदायीक विकास अधिकृत अनन्त वस्तीले सञ्चालन गरेका थिए ।कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सांसद राम कार्की(पार्थ) ले उद्घाटन गरेका थिए ।

प्रतिकृया दिनुहोस्