News Portal

दाजुलाई खुकुरी प्रहार गरी भाईले गरे आत्महत्या

रातोपोस्ट संवाददाता
१११७ पटक

इलाम । इलामका एक ब्यक्तिले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी झुण्डिएर आत्महत्या गरेका छन् । सन्दकपूर गाउँपालिका १ झ्याउपोखरीका ४२ बर्षिय बुद्धविर राईले आफ्नै ६५ बर्षिय दाजु विष्णु राईलाई खुकुरी प्रहार गरी आफूले पनि झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

बुद्धविरले आइतबार विहान घर नजिकै आफ्नै बारीमा घाँस काटिरहेको अवस्थामा दाजुमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट विष्णुको बाँया आँखा माथि कन्चटमा काटिएको र दाहिने कानको छेउमा चोट लागेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते विष्णुलाई उपचारका लागि जिल्ला अस्पताल इलाममा सामान्य उपचार पश्चाात थप उपचारका लागि झापाको विर्तामोड स्थित विर्ता सिटी अस्पताल पठाइएको छ । घाइते राई बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

यता खुकुरी प्रहार गर्ने भाइ भने झुण्डीएको अवस्थामा फेला परेका छन्। राई घटनास्थल भन्दा केही पर रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । राईको शव परिक्षणका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिकृया दिनुहोस्