News Portal

जनता माबिमा व्यापक अनियमितता भएको भन्दै अखिल (क्रान्तिकारी)काे चर्को विरोध

रातोपोस्ट संवाददाता
१११९ पटक

सुनसरी ।सुनसरीकाे इटहरी स्थित रहेको जनता माबिमा नेत्र विक्रम चन्द(विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी)ले कालो ब्यानर टाँगेकाे छ।

अखिल क्रान्तिकारीका अनुसार  जनता मा बि मा भएको भ्रष्टाचारको विरुद्धमा अखिल क्रान्तिकारीले पटकपटक सचेत गराउँदा समेत प्रशासनले बेवास्ता गरेका कारण आफुहरु संघर्षमा उत्रिएको बताएका छन्।

विद्यार्थीहरुका अनुसार नेपाल  सरकारकाे सामुदायिक बिद्यालयलाई नमूना बिद्यालय बनाउने केन्द्रिय योजनामा भएको बजेटमा उक्त बिद्यालय प्रशासन र प्रअ मिलि निजि बिद्यालय सञ्चालनमा ल्याएको ,खानेपानीको लागि भएको बजेट बिनियोजनलाई बेवास्ता गरि बिद्यार्थीहरुलाई खानेपानी, शौचालय, पुस्तकालय जस्ता सेवासुबिधाबाट बञ्चित गरिएको ,निजि बिद्यालय निर्माणकार्यको लागि विद्यार्थीसँग मनपरी शुल्क असुलेको,विद्यार्थीहरु माथि हातपात गरेकाे पाइएको छ।

उक्त ब्यानरमा विराेधका कारण सहित विभिन्न बुदामा उल्लेख गरिएको छ।विद्यालयले यातायात सुविधामा समेत मनपर्दि गरेकाे ,विद्यार्थी अनुसार सेवासुल्क अलगअलग लिएको ,विद्यार्थीहरुमाथि विभिन्न बहानामा चर्को शुल्क असुलि गरेको समेत ब्यानरमा उल्लेख गरिएको छ।

प्रतिकृया दिनुहोस्