News Portal

झापामा सडकको अवस्था बेहाल,सांसद निराैलालाई पिडित नागरिकको मार्मिक खुल्ला पत्र

रातोपोस्ट संवाददाता
१९७५ पटक

 

झापा।यतिबेला झापाका अधिकांश सडकहरु अहिले नागरिकका लागि सुविधाको माध्यम नभएर दुर्घटनाका कारक बनिरहेका छन्।कतै ठेकेदारकाे लापरबाही त कतै सरकारी निकायकाे ध्यान नजाँदा अधिकांश नागरिकहरु पिडा खेप्न बाध्य बनेका छन् भने दिनहुँ दुर्घटनाको जाेखिम उत्तिकै बढेकाे छ।

अहिले बर्खाकाे समयपनि भएकोले सडकहरु हिलाम्मे छन भने पानिका कारण सडकका बिचमा रहेका खाल्डाखुल्डी देखिँदैन ।सरकारी निकायकाे ध्यान नजाँदा अहिले बिर्तामोड भद्रपुर र बिर्तामोड शनिश्चरे सडक खण्डमा दिनहुँ दुर्घटना हुने गरेका छन्।।

अति पिडादायि यात्रा ,दिनदिनै दुर्घटनाको जाेखिम रहँदा समेत कसैको ध्यानाकर्षण हुन नसकेपछि एक समाजसेवी युवा कमल पाेख्रेलले आफ्नो फेसबुक मार्फत साेहि क्षेत्रकि सांसद पवित्रा निराैलालाई मार्मिक खुल्ला पत्र लेखेका छन्।

हेर्नुस् कमल पाेख्रेलकाे खुल्ला पत्र ।

झापा क्षेत्र न.२ कि सांसद पवित्रा निरौला खरेललाई चिट्ठी!
दिदी नमस्कार,सांसद ज्यु भन्दा पनि” दिदी” शब्द प्यारो लागेर दिदी नै भने रिसानी माफ होस!यो पत्र मैले लेख्नु पर्ने प्रदेश सांसद,मेयर र वडाध्यक्ष लाई होला तर सिधा तपाई लाई लेख्दैछु किनकि दैनिक उहाहरु संङ भेट हुन्छ अनि उहाँ हरुले दिने आस्वासन देखि आजित भएर तपाईं लाई लेख्दैछु!
दिदी,मैले एक बर्ष अघि जतिबेला अर्जुनधारामा दिनहु जसो बलात्कार का घटना घटेका थिए त्यो बेला पनि पत्र लेखेको थिए अनि तपाईं ले संसद मा बोल्नु भएको थियो !
आज पनि एउटा बिषय मा ध्यान जाओस भनेर पत्र लेख्दैछु!
दिदी झापा अर्जुनधारा को बिर्तामोड देखि खुदुनाबारी सम्म को सडक खण्ड को बारेमा केही त सुन्नु भएकै होला त्यही सडक को बारेमा केही सम्बोधन गरिदिनुहुन्छ कि भनेर नै हो यति दुख गरेको!
हामिले तपाईं लाई चुनाव जिताउदा धेरै आश राखेका थियौ,त्यही आश मध्येको एक हो यो सडक तर आश खाली आश मात्रै भयो हामी निरास हुन थालिसक्यौ!यो सडक यति जिर्ण छ कि दैनिक दुई,तीन वटा दुर्घटना हुन्छन आज पनि मेरै आँखा अगाडि पत्रकार दिपिन राई दाइ दुर्घटना मा पर्नु भो!धन्न ठूलो चोट लागेन उहाँ लाई !एक त सांघुरो बाटो,अर्को जिर्ण पनि यो चाडपर्व नजिकिदैगर्दा भिड त स्वत बड्छनै अब यस्तो बेला कोहि दुर्घटना मा परे भने सोच्नुत आफन्त कति चिन्तित हुन्छन!
अनि सुन्नुन दिदी,बजेट नभएर यो बाटो नबनेको भन्दा चै कसैले पत्याउदैनन है अब किन कि सडक निर्माण को लागि राज्यले गर्ने लगानिको बारे हामिलाइ राम्ररी थाहा छ!हाम्रा स्थानिय जनप्रतिनिधी यति ब्यस्त हुनुहुन्छ कि उहाँ हरुलाइ सडक को बारेमा सोच्ने फुर्सद नै छैन!”यो त सडक बिभाग को काम होनि”भन्दै पन्छिनु हुन्छ मानौ लाज नै हराए जस्तो!
दिदी,अब त त्यो बाटो हिड्दा परिवार का सदस्य पनि चिन्तित हुन थाले,त्यो सडक मा ४२३ वटा खान्डो त मैले नै गनिसके,खाल्डो पनि माछा पालन गर्न मिल्ने खाल्का छन,४ किमि सडक पार गर्न ३० मिनेट लाग्छ!अनि आफै सोच्नुत कसरी आयो समृद्धि ?पटक पटक नगर ले बालुवा त हाल्छ तर भोलि पल्ट उस्तै हुन्छ!अब त बिमा नगरी त्यो सडक हिड्न गार्हो भो दिदी!

अन्तमा लेख्ने कुरा धेरै हुदा हुदैपनी पनि तपाईं ले यति पढेपछि बुझ्नुहुन्छ जस्तो लागेर थप कुरा लेखिन!यो मेरो मात्रै समस्या होइन त्यहा यात्रा गर्ने सम्पुर्ण को समस्या हो!त्यसैले तपाईं को कार्यकाल मै यो समस्या को समाधान हुन्छ कि भन्ने झिनो आशा सहित पत्र लेखेको हुं!धन्यवाद !!!

उहि पिडित नागरिक!

प्रतिकृया दिनुहोस्