News Portal

सिन्धुलीमा बस दुर्घटना : ३ को मृत्यु, १७ घाइते, ५ जनाको अवस्था गम्भीर

रातोपोस्ट संवाददाता
६९५ पटक

काठमाडौं : सिन्धुलीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बिपी राजमार्गस्थित सिन्धुलीको नेपालथोकमा शनिबार बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको बा ३ ख २३५९ नम्बरको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

मृतकको पहिचान नखुलेको सिन्धुली प्रहरीले जनाएको छ। बसमा चालकसहित ३५ जना सवार रहेको प्रहरीको अनुमान छ। दुर्घटनाको कारणबारे जानकारी नभएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिकृया दिनुहोस्