News Portal

नेवार समुदायले भाइटीका १३ गते मनाउने

रातोपोस्ट संवाददाता
१००५ पटक

सिन्धुपाल्चोक : नेपालीको दोस्रो ठूलो महान् चाड तिहार नजिकिदै छ। नेपाल पञ्चाङ निर्णयक समितिले भाइटीकाको साइत निकालिसकेको छ।

पञ्चाङ निर्णायक समितिका अनुसार यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक १२ गते ११:५५ लाई तोकेको छ। निर्णयक समितिको १२ गतेलाई भाइटीका तोकेको भए पनि सिन्धुपाल्चोकका नेवार समुदाय कात्तिक १३ गते भाइटीका मनाउने तयारीमा पुगेका छन्।

सिन्धुपाल्चोकका चौतारामा बसेको सिन्धु नेवा खल, सिन्धुपाल्चोकको बैठकले यो वर्षको भाइटीका कात्तिक १३ गते मनाउने निर्णय गरेको खलका अध्यक्ष माधवलाल कर्मचार्य जानकारी दिए।

कात्तिक ११ गते लक्ष्मी पूजा, १२ गते म्ह पूजा र न्हू दँ, १३ गते भाइटीका मनाउने निर्णय गरेको उनले जनाए। तर, पञ्चाङ निर्णायक समितिले भने सोमबार पञ्चाङ निर्णायक समितिले विज्ञप्ति जारी गर्दै कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको जानकारी गरायो। कात्तिक १० गते लक्ष्मीपूजा र कुकुर तिहार परेको निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले विज्ञप्ति जारी गर्दै जनाएका छन्। बिहान कुकुरपूजा गरेर बेलुका लक्ष्मीपूजा गर्नुपर्ने बताइएको छ।

कात्तिक ८ गतेदेखि सुरु हुने तिहारको पहिलो दिन यमदीपदान, ११ गते गाईगोरु पूजा, म्हपूजा परेको छ। नेवार संस्कृति र परम्पराअनुसार एकै दिनमा दुईवटा चाड नपर्ने र साइत हेरेर पर्व मनाउने चलन नभएको भएकाले यस्तो भएको खलले जनाएको छ। खलले कात्तिक १२ नयाँ वर्ष नेपा सम्वत् ११४० धुमधामले मनाउने पनि निर्णय गरेको छ। १२ गते बिहान चौताराको शहीदचोकबाट धिमेबाजसहित नेपाल सम्वतका पर्वतक संखधर सख्वाको तस्वीरलाई रथारोहण गर्दै बजार परिक्रमा गर्ने र साँझ दिपावली गर्ने निर्णय गरेको छ।

प्रतिकृया दिनुहोस्