News Portal

सरकारले भन्यो,लिपुलेक हाम्रो हाे भारतकाे एकलाैटि निर्णय मान्दैनौं

रातोपोस्ट संवाददाता
८८८ पटक

 

 

 

 

 

 

 

काठमाडौं ।भारत सरकारले केहिदिन अगाडि सार्वजनिक गरेकाे नक्सामा नेपालकाे भुभागलाई समेत समेटेको भन्दै यतिबेला देशमा सरकारको तिव्र आलोचना भैरहेको छ।

विभिन्न संघसंस्था ,व्यक्ति लगायतले सामाजिक सञ्जालमा तिव्र आलोचना गरेपछि अन्तत नेपाल सरकारले भारतीय नक्सामाथि आफ्नो  प्रतिक्रिया दिएको छ। भारतको नयाँ राजनीतिक नक्सा आफूलाई मान्य नभएको प्रतिक्रिया सरकारले दिएको छ।

 

बुधबार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै एकपक्षीय ढंगबाट गररेको यो निर्णय मान्य नहुनेसमेत प्रष्ट पारेको छ।

‘दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरू दुबै पक्षको आपसी सहमतिमा टुंग्याउनु पर्ने र एकपक्षीय ढंगबाट गरिने कुनैपनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ, विज्ञप्तिमा भनिएको छ,’कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ।’

यस्तो छ विज्ञप्ति:

 

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)