News Portal

सशस्त्रका निरीक्षकसहित तीनविरुद्ध भ्रष्टाचार मुद्दा

सुरेन्द्र काफ्ले
१०६८ पटक

काठमाडौं : सशस्त्र प्रहरी बल बिओपी भजनी कैलालीका सशस्त्र प्रहरी निरीक्षकसहित तीनविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी निरीक्षक रवीन्द्र कार्की, सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानबहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतिराम चौधरीविरुद्ध  मुद्दा दायर गरेको हो।

भारतको स्थानीय बजारबाट मालसामान क्यारिङ गरी ल्याउने क्रममा भन्सार शुल्क तिरिसके पश्चात पनि सेवाग्राहीसँग भन्सार शुल्क बाहेक २० हजार घुस लिएका थिए।

उनीहरुलाई अख्तियारले घुससहित पक्राउ गरेको हो। उनीविरुद्ध  भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदाबी विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)