News Portal

सताक्षीधाममा १०८ कुण्डीय कोटीहवनको तयारी अन्तिम चरणमा

रातोपोस्ट संवाददाता
७९२ पटक

 

 

 

 

 

 

 

 

 

 

 

 

झापा । झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा आयोजना गरिएको १०८ कुण्डीय कोटीहवनको तयारी अन्तिम चरण पुगेको छ । पर्यटन वर्ष २०२० लाई मध्यजर गर्दै प्रचार प्रसार गर्ने उद्देश्यले गौ संरक्षणका लागि अयोजना गर्न लागिएको कोटीहवनको तयारी अन्तिम चरणमा पुगेको हो ।

कार्तिक २७ देखि मंसिर ९ सम्म हुने श्री सताक्षी धार्मिक महोत्सव एव १०८ कुण्डीय कोटिहवनको तयारी अन्तिम चरणमा पुगेको मुल आयोजक समारोह समितिका अध्यक्ष सोम पोर्तेलले जानकारी दिएका छन ।

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थित माहाभारत कालिन इतिहाससँग जोडिएको धार्मिकतथा पर्यटकीय सताक्षीधाममा पहिलो पटक गौ संरक्षणका लागि १०८ कुण्डको कोटीहवन हुन लागेको हो । अन्तराष्ट्रिय विद्धत परिषदका प्रवक्ता आचार्य घनश्याम खनालले नेपालमा भन्दा भारत, सिङ्गापुर, अमेरिका, जर्मन, मालदिप्स, अफ्रिका लगायत अन्य मुलुकमा सताक्षीधाममा आयोजना हुने कोटीहवनको प्रचार प्रसार तिव्र भएको जानकारी दिए ।

पोष्टर, पम्लेटिङ्ग, माईकिङ्ग, ठाँउ ठाँउमा काेटिहोमको महत्व र यसको आवश्यकताका विषयमा जानकारी दिएर अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसारलाई तीव्र बनाईएको प्रवक्ता खनालले जानकारी दिएका छन् । भारतको दिल्ली, वृन्दावन, मथुरा, गुजरात, हरिद्धार, मुम्वई, कलकता, बनारस लयात पश्चिम बंगालमा प्रचार प्रसारका लागि सयौ नेपाली भाषी र स्थानीय हिन्दुवादी स्वयम सेवक परिचालित भएका छन् । आयोजकले नेपालबाहेक बिश्वका २० हजार पर्यटक कोटीहोममा सहभागी हुने दावी गरेको छ । यस्तै नेपालका ५ लाख आन्तरिक पर्यटक सताक्षीधाम आएर कोटीहोममा सहभागी हुने आयोजक समितिका सहसंयोजक शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले बताए ।

 

 

प्रतिकृया दिनुहोस्