News Portal

  • सीमा विवादबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

    रातोपोस्ट संवाददाता
    ५३९ पटक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालको कालापानी र लिपुलेक आफ्नो नयाँ नक्सामा समेटेपछिको परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।

    भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि जनस्तरमा विरोध भइरहेको छ । सरकारले एक विज्ञप्ति निकाल्दै एकपक्षीय नक्सा मान्य नहुने बताएको छ । जवाफमा भारतले पनि आफ्नो नक्सामा नेपालको भूभाग नपारिएको र बिगतकै नक्सा रहेको बताइसकेको छ ।

    यसै विवादलाई लिएर प्रधानमन्त्री ओलीले भारतले आफ्नो नक्सामा राखेको दार्चुलाको कालापानी र लिपुलेकबारे छलफल गर्नका लागि शनिबार ४ बजे सर्वदलीय बैठक आह्वान गरेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। बैठक प्रधानमन्त्रीको सरकारी निबास बालुटारमा बस्नेछ । प्रधानमन्त्री भारतको कदमप्रति मौन रहेको भन्दै आलोचना भइरहेका बेला उनले सर्वपक्षीय बैठक बोलाएका हुन्।

    सर्वदलीय र विज्ञहरुको परामर्शबाट समान धारणा बनाउन प्रधानमन्त्रीले बैठक बोलाएको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले भोलि शनिबार बोलाएको सर्वपक्षीय परामर्श बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरुका साथै सीमा विज्ञहरुलाई बोलाइएको अधिकारीले जानकारी दिए । बैठकमा राजनीतिक दलका प्रतिनिधिहरु पनि सहभागी हुनेछन् ।

    भारतले लिपुलेक, कालापानी र लिम्पियाधुराको केही भूभागलाई आफ्नो नक्सामा समेटेपछि नेपालमा त्यसको व्यापक विरोध जारी छ। विभिन्न राजनीतिक दल, तिनका संगठन र सरकारले नै भारतीय कदमको विरोध गरेको छन्। भारतले केही दिन पहिले जारी गरेको राजनीतिक नक्सामा नेपालको भूभागलाई पनि आफ्नो बनाएको थियो।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)