News Portal

  • देशको राजनीति नसुध्रिएसम्म वैदेशिक हस्तक्षेप जारी रहन्छः रवीन्द्र

    रातोपोस्ट संवाददाता
    १००९ पटक

    पोखरा । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले देशको राजनीति नसुध्रिएसम्म वैदेशिक हस्तक्षेप जारी रहने बताएका छन्।

    आइतबार पोखराको मानव अधिकार चोकमा आयोजित विरोध सभालाई सम्बोधन

    गर्दै उनले देशको राजनीति आन्तरिक रूपले बलियो नभएसम्म छिमेकीहरूले सिमा मिच्ने घटना घटिरहने बताएका हुन

    आन्तरिक राजनीतिकै कारण पटक पटक सिमा मिचिएको भन्दै संयोजक मिश्रले कालापानी, लिम्पियाधुरा र लिपुलेक सिमा विवाद हल गर्न सरकारसँग आग्रह गरे। उनले आफ्नो पार्टी सबै छिमेकीसँग समान सम्बन्ध राख्ने भन्दै आफ्नो भूगोल मिचिँदा कसैसँग सम्झौता नगर्ने प्रष्ट पारे।
    रातरात जङ्गे पिलर सार्नेहरुसँग नेपालको राजनीतिक दलका नेताहरूकोनै उठ्बस हुने गरेको भन्दै संयोजक मिश्रले अब राजनीति बदल्न जनताले आफ्नो मत बदल्नु पर्ने बताए।

    संयोजक मिश्र अहिले कास्की क्षेत्र नम्बर २ को चुनावी घरदैलो अभियानमा छन् । अभियानकै क्रममा भारतले हालै नेपालको भूभाग समेटेर जारी गरेको नयाँ नक्सा सार्वजनिक गरेको थियो । साझा पार्टीले त्यसैको विरोधमा प्रदर्शन गरेको हो। विरोध सभालाई पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्य, केन्द्रीय सदस्य डा. सिद्धि अर्याल, कास्की क्षेत्र नं. २ की उम्मेदवार रजनी के.सी. र पार्टीका कास्की जिल्ला संयोजक अर्जुन खनालले सम्बोधन गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)