News Portal

  • अरोहनलाई कसैसँग लाग्दैन डर

    रातोपोस्ट संवाददाता
    १६१७ पटक

    झापा शनिश्चरेका अरोहन कार्कीले नयाँ -याप सङ ल्याएका छन् । नेपोहोलिक एके (nepoholic ak) युट्युब च्यानलमार्फत उनले ‘कसैसँग लाग्दैन डर’ बोलको म्युजिक भिडियोसहितको गीत सार्वजनिक गरेका हुन् ।

     

    देशको परिस्थिति र आम मानसिकतालाई व्यङ्ग्य गर्दैर् यापमार्फत् उनले सकारात्मक सन्देश दिन खोेजेका छन् । बिर्तामोड वरपरको परिदृश्यमा बनेको म्युजिक भिडियो योगेश दाहालले छायाँकन गरेका हुन् । गायक स्वयम्को शब्द रहेको गीतमा संगीत आकाशले भरेका छन् ।

     

    म्युजिक भिडियोमा बिजु अधिकारी, सविन बानियाँ, नन राजवंशी, दिपेश राजवंशी, महेन्द्र गौलीको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन समेत गायक कार्कीले गरेका हुन् ।

     

    प्रतिकृया दिनुहोस्