News Portal

  • मेचीपुलमा पुगेर विद्यार्थीले दिए भारतलाई चेतावनी

    रातोपोस्ट संवाददाता
    ४६८ पटक

    झापा। भारतले हालै सार्वजनिक गरेको नक्शामा नेपालका धेरै भागलाई भारतीय भुमिमा पारेको विरोधमा शुरुदेखिनै आन्दलोनरत नेपालविद्यार्थी संघ झापाले मंगलबार पूर्वीनाकामा विशाल प्रदर्शन गरेको छ।

    नेपाल विद्यार्थी संघ जिल्ला समिति झापाको नेतृत्वमा जिल्लाका विभिन्न क्याम्पसमा अध्ययनरत नेपाल विद्यार्थी संघ समर्थक भेला भएका  विद्यार्थीहरुले प्रदर्शन गर्नुका साथै चर्का नारवाजी गरेका थिए ।

    मेचीनगर ६ स्थित पञ्चमुखी हनुमान मन्दिर परिसरबाट शुरु भएको र्यालीले काँकरभिट्टा बजारको विभिन्न भागको परिक्रमासहित नेपाल भारत छुट्टयाउने मेचीपुलमा पुगेर विरोध सभामा परिणत भएको थियो । भारतीय विस्तारवाद मुर्दावाद, नालापानीका लागि पूर्खा लडे कालापानीका लागि हामी लड्ने, विदेशी हस्तक्षेप बन्द गर लगायतका चर्का नारावाजी गरेका थिए ।

     

    मेचीपुलमा सम्पन्न विरोध सभामा बोल्दै विद्यार्थी नेताहरुले भारतीय नक्शामा परेको नेपाली भुःभाग फिर्ता गर्न माग गरेका थिए । विद्यार्थी नेताहरुले नक्शा सच्याउनुपर्ने मागसहितकालापानी, लिपुलेक तथालिम्प्याधुरालगायतका क्षेत्र नेपालीभूःभाग परेकाले भारतको नयाँनक्शाबाट नेपालीलाई स्वीकार नगर्ने बताए ।

    नेपाली भूःभाग समेटेर भारतले नयाँनक्शा जारी गरेपछि नेपालविद्यार्थी संघ भारतको विरोधमा उत्रिएको छ । भारतले एकपक्षीय ढंगबाट तयार गरेको कुनै पनि निर्णय नेपाली जनतालाई मान्य नहुने स्पष्ट पारेका थिए ।

    उनीहरुले मेचीपूलमा पुगेरै भारतको थिचोमिचो सहेर नबस्ने चेतावनी दिएका थिए । विरोध सभालाई नेपाल विद्यार्थी संघका झापा सभापति राजेन्द्र उप्रेती लगायतले सम्बोधन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)