News Portal

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा

रातोपोस्ट संवाददाता
७१९ पटक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा सूर्य थापा नियुक्त भएका छन् ।

सचिवालय सदस्यहरु हेरफेर गर्ने क्रममा प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचार विभाग उपप्रमुख समेत रहेका थापालाई प्रेस सल्लाहकारको जिम्मेवारी दिएका हुन् । पत्रकार समेत रहेका थापा ९ वर्ष अगाडि तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री हुँदा पनि पनि प्रेस सल्लाहकार थिए ।

स्रोतकाअनुसार शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले सल्लाहकार नियुक्तबारे जानकारी दिएका थिएनन् । अधिकांश समय विधेयकहरुबारे छलफल भएको थियो ।

तर बैठकका निर्णयहरुको माइन्यूटमा भने सल्लाहकार नियुक्तलाई समावेश गरिएको छ । सल्लाहकारहरु नियुक्ति प्रधानमन्त्रीको तजविजी अधिकार भएकाले छलफल नभएको एक मन्त्रीले बताए ।

यसअघि कुन्दन अर्याल प्रेस सल्लाहकार थिए । उनीसँगै प्रेस संयोजक चेतन अधिकारीले दिएको राजीनामा भने स्वीकृत भएको छ ।

प्रतिकृया दिनुहोस्