News Portal

प्रदेश १ को नामाकरण घोषणा अन्तिम चरणमा छ : मन्त्री घिमिरे

रातोपोस्ट संवाददाता
५७६ पटक

संखुवासभा : प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशको नामाकरण घोषणा अन्तिम चरणमा पुगेको बताए।

सदरमकाम खाँदबारीमा सोमबार प्रेस संगठन संखुवासभाले गरेको पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन्।  बालबालिकासँग प्रदेश सरकार कार्यक्रममा सहभागी हुन संखुवासभा आएका सामाजिक विकासमन्त्री घिमिरेले प्रदेशको नाम सहमतिमै घोषणा हुन लागेको बताएका हुन्। उनले नामाकरणका विषयमा धेरै नाम आए पनि सर्वसम्मत चयन हुने बताए।

मन्त्री घिमिरेले भने, ‘हिउँदे अधिवेशनको पहिलो काम नै नामाकरण घोषणा गर्ने हुन सक्छ।’ प्रदेशको नामाकरणको घोषणा गर्न विषयमा सत्ता पक्ष र प्रतिपक्ष दलको सहमति जुटिसकेका कारण हिउँदे अधिवेशनको पहिलो बैठकले नै घोषणा गर्न दाबी गरे। कुन नाममा सहमति जुट्यो भन्ने मन्त्री घिमिरेले खुलाउन चाहेनन्।

उनले सर्वसम्मत ढंगले नामाकरण टुंगो लगाउनु पर्नेर भएका कारण ढिला भएको बताए। अव चाँडै हिउँदे अधिवेशनले घोषणा गर्न तयारी भइरहेको पनि बताए। मन्त्री घिमिरेले हामीले सत्ता पक्षको मात्र नभइ विपक्षीको पनि मतलाई कदर गर्नु पर्ने भएकाले प्रदेशको नाम र स्थायी राजधानी केही ढिला भएको स्वीकार गरे।

मन्त्री घिमिरेले जिल्ला अस्पताल खाँदबारीको समेत अनुगमन गरेका छन्। प्रदेश सरकारको सहयोगबाट उपकरण खरिद तथा अस्पताल मर्मत गरिएको थियो। मन्त्री घिमिरेले पहिलेको खाँदबारी अस्पतालबारेमा सकारात्मक परिर्वतन पाएको पनि बताए। उनले भने,’समायोजनले कर्मचारी व्यवस्थापनमा थोरै समस्या भइरहेका छ। अब चाँडै समस्याको हल गरिने छ।’

प्रतिकृया दिनुहोस्