News Portal

जाडो माैसममा बिरामिले यी कुरामा ख्याल गराैँ।

रातोपोस्ट
६५५ पटक

स्वास्थ्य खबर।चिसो माैसम शुरु भएसँगै बिरामिहरुले धेरै कुरामा ध्यान पुर्याउनु पर्ने हुन्छ।जसमध्ये हामी केही कुरा यहाँहरुलाई जानकारी गराउँदै छाैँ।

. चिसोबाट हुने छातीको संक्रमण

चिसो मौसममा हुने सामान्य रुघाखोकीदेखि छातीमा देखिने गम्भीर किसिमको संक्रमणबारे समयमै ध्यान दिन सकेमा यसले गर्ने असरहरु कम गर्न सकिन्छ। छातीका रोग दम, सिओपिडी, क्षयरोग आदिमा नियमित औषधि सेवन गरिरहेका बिरामीलाई चिसोले थप संक्रमण गर्न सक्छ। त्यसैले यस्ता बिरामीले चिसोमा सकेसम्म आफूलाई न्यानो बनाउने, सानो समस्यालाई पनि समयमै उपचार गराउने गर्नुपर्छ।

२. चिसो मौसममा हुने नाक, कान र घाँटीका समस्या

चिसोमा प्रायः माथिल्लो श्वासप्रश्वासको संक्रमण (एक्युट टन्सिलाइटिस, एक्युट फ्यारेन्जाइटिस) र कानमा (एएसओएम) को समस्या देखिन्छ। चिसो मौसममा आफूलाई सकेसम्म न्यानो राख्ने र सानो समस्यालाई पनि चिकित्सकको सल्लाह बमोजिम उपचार गराउन सके यी स्वास्थ्य समस्याबाट जोगिन सकिन्छ।

३. जाडो मौसममा देखिने जोर्नीका समस्या

जाडो मौसममा जोर्नी दुख्ने; फुल्ने; सुन्निने समस्या प्रसस्त देखिन्छ। जोर्नी सम्बन्धी दीर्घरोग (जोर्नी खिइने अर्थात् ओस्टियोआर्थराइटिस र जोर्नी सुन्निने समस्या रिउमाटोइड आर्थराइटिस) भएका बिरामीले जाडोमा विशेष ध्यान दिनुपर्ने हुन्छ। चिसो मौसममा न्यानो गरी बस्न नसके जोर्नीको दुखाइ बढ्ने गर्छ।

४. चिसोमा मुटु सम्बन्धी रोग

प्रायः चिसो मौसममा मानव शरीरका धमनीहरु खुम्चिने प्रक्रियामा हुन्छन्। त्यसो हुँदा रगतनली साघुँरो हुने, रगत प्रर्याप्त मात्रामा शरीरका अंगमा नपुग्ने अवस्था आउन सक्छ। त्यसैले चिसो मौसममा गर्मीमा भन्दा उच्च रक्तचाप, रक्तस्राव, हृदयघातका बिरामीको संख्या बढ्ने गर्छ। त्यसैले जाडो याममा बिहान हिँड्नु लाभदायक नहुन सक्छ। मुटु सम्बन्धी रोग लागेका र उच्च जोखिममा रहेका बिरामीले नियमित जाँच गर्ने बानी बसाल्ने हो भने चिसोमा हुने मुटु सम्बन्धी रोगबाट बच्न सकिन्छ।

५. पिसाब अनि मिर्गौला सम्बन्धी समस्या

चिसोमा प्रायः मानिस कम पानी पिउने गर्छ्न्। कम पानी पिउने बानीले पिसाबमा संक्रमण हुने, पत्थरी हुने र मिर्गौला खराब हुन सक्ने सम्भावना पनि रहन्छ। त्यसैले चिसो मौसममा पनि पानी पिउने बानी बसाल्नुपर्छ।

६. छाला सम्बन्धी समस्या

चिसोमा छाला सुक्खा हुने, फुट्ने समस्या देखिन्छ। छालालाई नरम बनाइराख्न छालामा विभिन्न मोस्चराइजिङ क्रिम प्रयोग गर्न सकिन्छ।

(डा. भुसाल चितवनस्थित ओम साइराम अस्पतालमा कार्यरत छन्।)

प्रतिकृया दिनुहोस्