News Portal

सिंहदरबारबाट ट्याक्सी चढेर घर फर्किए गोकर्ण विष्ट

रातोपोस्ट संवाददाता
५६० पटक

काठमाडौँ । मन्त्रालयमा आयोजित विदाइ कार्यक्रममा सहभागि हुन सिंहदरबार पुगेको निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री मन्त्री गोकर्ण विष्ट ट्याक्सी चढेर घर फर्किएका छन् ।

आफु मन्त्री हुँदा सुविधा स्वरुप पाएको गाडी सुविधा बिहीवारै फिर्ता गरेर विष्ट ट्याक्सीमा घर फर्केका हुन् ।

मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री विष्टले आफ मन्त्री हुँदा इमान्दारिता पुर्वक काम गरेको र मन्त्री पदमा नरहँदा पनि श्रमका लागि देश तथा विदेशमा रहेका युवाहरुको हितमा आवाज उठाउने समेत दावी गर्नुभएको छ ।

जनताको पक्षमा काम गर्दा जोखिम पूर्ण अवस्था आउछ भन्ने आफुलाई पहिल्यै महसुस गरेकाे बताउँदै निवर्तमान मन्त्री विष्टले भन्नुभयो, त्यसको अनुभव पनि गरें, ।

प्रतिकृया दिनुहोस्