News Portal

  • त्रिचन्द्र कलेजका विद्यार्थीद्वारा क्याम्पस प्रमुख न्यौपाने माथि हातपात

    रातोपोस्ट संवाददाता
    ६७४ पटक

    काठमाडौं ।काङ्ग्रेस निकट विद्यार्थी संगठन नेविसंघ र नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थीहरुले त्रिचन्द्र क्याम्पसका प्रमुखमाथि हातपात गरेका छन्।

    त्रिचन्द्र कलेज घण्टाघरका क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपानेलाई  नेविसंघ र अनेरास्ववियुका विद्यार्थीले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

    विज्ञान स‌ंकायको शुल्क बृद्धि फिर्ता नगरेको भन्दै  विद्यार्थीहरुले क्याम्पस प्रमुख न्याैपानेलाई आज सोमबार बिहान  क्याम्पस परिसरमै कुटपिट गरेका थिए।

    विद्यार्थीकाे हुलले क्याम्पस प्रमुख  न्यौपानेलाई आक्रमण गरि कुटपिट गरेपछि प्रहरीले उद्धार गरेर उपचारका लागी वीर अस्पतालमा लगिएको जनाएको छ । घटनामा संलग्न भएको आरोपमा २ जना विद्यार्थीलाई पक्राउ गरिएको र  घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)