News Portal

  • चौतारी र सेन्टरबीचको एकता प्रक्रिया टुंगियो, झापा संयोजकमा पौडेल

    रातोपोस्ट संवाददाता
    ३०३ पटक

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    झापा । प्रेस संगठन नेपालले सांगठनीक एकताका बाँकी कामलाई अन्तिम रुप दिएसँगै संगठनको झापा जिल्ला संयोजकको जिम्मेवारी मुक्ति पौडेलले पाएका छन् ।

    साविकका प्रेस चौतारी र प्रेस सेन्टरबीचको एकता प्रक्रिया टुंगिएसँगै निर्माण भएको संगठन झापाको संयोजक बनेका पौडेल साविक प्रेस चौतारीका जिल्ला अध्यक्ष हुन् । उनी काँकरभिट्टाबाट प्रकाशित हुँदै आएको जन–संसद् दैनिकमा सम्पादकका रुपमा कार्यरत् छन् ।

    त्यस्तै, संगठनको जिल्ला सहसंयोजकमा साविक प्रेस सेन्टरका जिल्ला अध्यक्ष टीकाराम उप्रेती चयन भएका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकतापछि तत्कालीन प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता भई नयाँ संगठन गठन गरिएको हो ।

    दुई संगठनबीच एकता भएको लामो समयपछि आइतबार केन्द्रीय कमिटीको संख्या, केन्द्रीय सदस्य, आयोग, प्रदेश समितिका इञ्चार्ज, संयोजक र सहसंयोजक तथा जिल्ला संयोजक र सहसंयोजकको टुङ्गो लगाइएको हो ।

    साविक चौतारीबाट १ सय २४ र सेन्टरबाट १ सय ९ गरी केन्द्रीय कमिटीको सङ्ख्या २ सय ३५ सदस्यीय कायम गरिएको छ ।

    नेकपा सचिवालयले संगठनको संयोजक महेश्वर दाहाल र सहसंयोजकमा  गणेश बस्नेतलाई यसअघि नै तोकेको थियो ।

     

     

     

     

     

    प्रतिकृया दिनुहोस्