News Portal

विश्वप्रकाश शर्माले भनेः रवीन्द्र अधिकारी इमान्दार गणतन्त्रवादी हुन्, वंशवादी होइनन्

रातोपोस्ट संवाददाता
७२० पटक

पोखरा । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एउटा मान्छे जीवनमा एकैसाथ गणतन्त्रवादी र वंशवादी हुन नसक्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै शर्माले स्व.रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराई उपचुनावमा उठेको प्रसङ्गमा सो कुरा बताएका हुन् ।

‘म नेपाल विद्यार्थी संघको राष्ट्रिय अध्यक्ष हुँदा रवीन्द्र अधिकारी अनेरास्ववियु को अध्यक्ष हुनुहुन्थ्यो । हामीले सँगै विद्यार्थी आन्दोलनमा काम गरेका हौं, उनको बिदाई हुँदै गर्दा मैले एउटा घनिष्ठ मित्र गुमाएको अनुभूति गरे,’ उनले भने, ‘म जान्दछु रवीन्द्र अधिकारी एउटा इमान्दार गणतन्त्रवादी हुन् । एउटा मान्छे, एउटा जीवनमा एकैसाथ गणतन्त्रवादी र वंशवादी हुन सक्दैन ।’

रवीन्द्र अधिकारीको मूल्याँकन वंशवादीको रुपमा गर्ने वा गणतन्त्रवादीको रुपमा गर्ने कास्कीका मतदाताले फैसला गर्ने समय आएको उनको भनाई थियो । एउटा मान्छेले गणतन्त्रमाथि विश्वास गरिरहँदा वंशवादमाथि विश्वास गर्न नमिल्ने उनले तर्क राखे । ‘वशंवादमाथि विश्वास गरिरहँदा उनले भने, ‘त्यसैले रवीन्द्र अधिकारी वंशावादी थिएनन्, इमान्दार गणतन्त्रवादी थिए भन्ने सन्देश कास्कीका मतदाताले दिनुपर्छ ।’

राजनीतिमा रुपान्तरणका लागि काँग्रेसका उम्मेद्वार मानक बन्न सक्ने  उनले दाबी गरे । ‘एउटा पातलो मान्छे संसदमा प्रवेश गरिरहँदा सिंगो देशले एउटा चित्र देख्नसक्छ,’ उनले भने, ‘त्योे दिशामा जानको लागि कास्कीका जनतालाई अपिल गर्न हामी आएका छौं ।’

उपचुनावमा सरकार बनाउन या भत्काउनका लागि नभएको दोहो¥याउँदै प्रवक्ता लामिछानले मतदाताहरुको मतले सरकारको शैलीलाई सच्याउन सक्ने तर्क राखे । ‘यो निर्वाचन प्रतिपक्ष या सरकारको लागि जति अवसर हो । त्योभन्दा बढी अवसर मतदाताका लागि हो,’ उनले भने, ‘मतदातालाई त्यो अपिल गर्दै गर्दा, नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुलाई पनि म आग्रह गर्न चाहन्छु । यो एउटा अवसर हो, बडो दुःखले आर्जेको दुई तिहाइको सरकार २१ महिनासम्म कसरी गयो र बाँकी समय कसरी लैजाने भन्ने चाहनुहोेस् ।’

सरकारलाई सच्याउन चाहे आफ्नो हृृदयमा रहेको राजनीतिक आस्थालाई हृदयमै छोडेर रुख चिह्नमा मतदान गर्न समेत उनले आग्रह गरे । ‘आफ्नो हृदयको आस्थालाई हृदयमै छाडेर, छानामा टाँगेको झन्डा छानौमै टाँगेर, मतदानचाही रुख चिह्नमा गर्नुहोस्,’ उनले भने । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्