News Portal

नेकपा उम्मेदवारको घरमा बिस्फोट

रातोपोस्ट संवाददाता
१४५६ पटक

जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकामा नेकपाका उम्मेदवारको घरमा बम बिस्फोट भएको छ ।

पिपरा गाउँपालिकामा अध्यक्ष पदका लागि नेकपाका उम्मेदवार बिक्रम चौधरीको घरमा बिहीबार साँझ बम बिस्फोट भएको हो ।

बिस्फोटबाट कुनै क्षति नभएको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । ‘चौधरीको शौचालय अगाडि प्रेसर कुकुर बम बिस्फोट भएको देखिएको छ । क्षति केही भएको छैन’ उनले भने ।

चौधरीको पिपरा ४ स्थित घरमा बिस्फोट भएको हो । बिस्फोट कसले र किन गराएको हो भन्ने सन्दर्भमा खुल्न नसकेको र अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए ।

पिपरामा मंसिर १४ गते गाउँपालिका अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

प्रतिकृया दिनुहोस्