News Portal

  • ९० हजार घुससहित प्रहरी निरीक्षक शाह पक्राउ

    रातोपोस्ट संवाददाता
    ६४८ पटक

    सर्लाही। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक रामकिशोर साह ९० हजार घुससहित पक्राउ गरेको छ।

    निरीक्षक शाहले प्रहरी कार्यालयमा ठगी सम्बन्धी परेको उजुरी मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको गाेप्य सुचनाकाे आधारमा अख्तियारकाे टोलीले निरीक्षक  शाहलाई घुस रकम सहित शुक्रबार रंगेहात पक्राउ गरेको हो ।

    महाेत्तरीकाे बर्दिवासबाट खटिएको अख्तियारको टोलीले  शाहलाई धनुषाको जनकपुर उपमहानगरपालिका ८ को होटल सीता प्यालेसबाट रंगेहात नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)