News Portal

नेकपाले गुमायो भक्तपुर प्रदेश सभा, कांग्रेसका भँडेल विजयी

रातोपोस्ट संवाददाता
९५८ पटक

काठमाडौं । भक्तपुर १ (ख) प्रदेश सभामा नेपाली कांग्रेसका कृष्णलाल भँडेल विजयी भएका छन् । उनले नेकपा उम्मेदवारलाई २३ सयभन्दा बढी मतले पछि पारेका हुन् ।

कांग्रेस उम्मेदवार कृष्णलाल भडेल १३ हजार ७४८ मत सहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार देवीप्रसाद ढकालले ११ हजार २ सय १० मत पाएका छन् ।

नेमकिपाका निरज लवजुले पाँच हजार ८२९ मत पाएका छन् । यसअघि लबजुले सात हजारभन्दा बढी मत पाएका थिए । भँडेल निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ ।

यसअघिको निर्वाचनमा कांग्रेसको करिब दस हजार मत थियो । अहिले राप्रपा संयुक्तले आफ्नो चार हजार मत दिने निर्णय गरेपछि भँडेलको जित सुनिश्चित भएको हो ।

प्रतिकृया दिनुहोस्