News Portal

खानेपानीमा प्रगतिशील प्यानलको उम्मेदवारी घोषणा

रातोपोस्ट संवाददाता
६५७ पटक

बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको मंसीर २५ गतेका लागि निर्धारित निर्वाचनका लागि प्रगतिशील प्यानलले उम्मेदवारी सार्वजनिक गरेको छ ।

निर्वाचन प्रचार प्रसार समितिले  बिर्तामोडमा पत्रकार सम्मेलन गरेर ज्ञानुराम प्रसाईको नेतृत्वमा प्रगतिशील प्यानल सार्वजनिक गरेको हो ।

प्रगतिशील प्यानलको तर्फबाट उपाध्यक्षको उम्मेदवारमा बुद्धिप्रसाद घिमिरे, सचिवमा जनबहादुर जवेगु (जेवी) र कोषाध्यक्षमा कमलप्रसाद पौडेलको नाम सार्वजनिक गरिएको छ ।

यस्तै उपभोक्ता समितिको सदस्य पदका उम्मेदवारहरुमा पुरुषतर्फ शंकरराज ढुङ्गेल र श्रीप्रसाद सिटौला तथा महिला सदस्यमा सिता सापकोटा र हिमादेवी प्रसाईंको नाम घोषणा गरिएको छ ।

बाँकी एकजना महिला सदस्यका लागि छलफल भइरहेको प्रचार समितिका संयोजक युवराज दाहालले जानकारी दिए ।

पत्रकार सम्मेलनमा प्रगतिशील प्यानलका तर्फबाट अध्यक्षका उम्मेदवार ज्ञानुराम प्रसाईंले आफूहरु विजयी भएपछि वैकल्पिक उर्जाको प्रयोगबाट खानेपानीको उत्पादन र प्रशोधन गर्ने तथा विद्युतीय महसुलका लागि लागिरहेको रकम बचाएर उपभोक्तालाई हालको दरमा ५० प्रतिशतसम्म महसुल छुट दिने बताए ।

प्रतिकृया दिनुहोस्