News Portal

  •  दोलखाका सिडिओ घुस लिएको आरोपमा हटाइए 

    रातोपोस्ट संवाददाता
    ४१९ पटक

     

     

     

     

     

     

     

     

     

     

     

    काठमाडौं । घुस लिएको आरोप लागेका दोलखाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) खगेन्द्रप्रसाद रिजाललाई हटाइएको छ।

    उनले मुद्दा छिन्ने क्रममा घुस लिएको आरोप लागेको थियो। पीडितले बिहीबार पत्रकार सम्मेलन गरेर घुस लिएको खुलाएका थिए।

    आज गृह मन्त्रालयले उनलाई सीडीओबाट हटाएको हो। गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार, उनलाई गृह मन्त्रालयमा तानिएको छ। उनलाई जिम्मेवारीबाट हटाएको प्रवक्ता शर्माले बताए।

    बिहीबार पत्रकार सम्मेलन गरेर मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तान, कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङले घुस लिएको आरोप लगाएका थिए। कुमारबाट ९० हजार तथा उदिम र इन्द्रबाट २१ हजार घुस लिएको आरोप लागेको थियो।

    सीडीओ रिजालले घुस लिए नलिएको विषयमा पनि छानविन गरिने गृह मन्त्रालयले जनाएको छ।

     

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)