News Portal

झापा उद्योग वाणिज्य संघको अध्यक्षमा पनेरु निर्वाचित

रातोपोस्ट संवाददाता
८४० पटक

भद्रपुर। झापा उद्योग वाणिज्य संघको अध्यक्षमा नवराज पनेरू विजयी भएका छन् । शुक्रवार सम्पन्न अन्तिम मत परिणाम अनुसार प्रतिष्पर्धी अजय साहेवालालाई ६ मतले पछि पार्दै पनेरू दास्रो कार्यकालका लागि विजयी भएका हुन् ।

मत परिणाम अनुसार अजय साहेवाला ८६ मत प्राप्त गरे भने पनेरूले ९२ मत पाएका थिए । यस्तै वस्तुगत सचिव पदमा लक्ष्मण जमरकट्टेललाई हराउँदै सञ्जय श्रेष्ठ ९९ मतका साथ विजयी भएका छन् ।

यस अघि बरिष्ठ उपाध्यक्षमा खड्कबहादुर लिम्बू, बस्तुगत उपाध्यक्षमा प्रज्वल राई, वाणिज्य उपाध्यक्षमा सन्तोष धमला महासचिवमा पंकजकुमार शर्मा, वाणिज्य सचिवमा सुविनकुमार खड्का, र कोषाध्यक्षमा भाष्कर शर्मा निर्विरोध चयन भइसकेका थिए ।

प्रतिकृया दिनुहोस्