News Portal

  • भारतिय बिस्तारवादको विरुद्ध वार कि पार गर सरकार ?

    नकुल चौलागाईं
    ६९८ पटक

    भारतीय बिस्तारवादले लिपुलेक र कालापानी लिमपिया धुरा सयौ नेपाली भुभाग आफ्नो भनेर दाबी गरेको मात्रै नभै भारतीय नक्सामा नेपालको लिपुलेक राखेको तस्बिर भारतीय नक्सामा सार्वजनिक भएको अवस्थामा तर नेपाल सरकार चुप लागेर बस्नु भारतिय बिस्तारवादको गुलामी गर्नु हो ।

    नेपाल भारत दुई ढुंगाको तरुल भनेर जति नै दाबि गरे पनि दलाल भारतिय बिस्तारबादीले नेपालको लिपुलेक र कालापानीलाई आफ्नो भन्दै भारतले नयाँ नक्सा सार्वजनिक गरेको छ ।

    भारतले हालसालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेकलाई आफ्नो भूभागमा राखेको पाइएको हो बिगत देखि नै नेपालको भुभाग आफ्नै भन्दै दाबी गरे पनि भारतिय नक्सामा नाम भन्ने राखेको थिएन तर भारतले तत्काल सार्वजनिक गरेको नक्सामा नेपाली भुभागको नाम राखेको कारण चौतर्फी आलोचना मात्रै भएको छैन कि युद्ध नै लडन नेपाली जनताले सुझाव दिएका छन।

    भारतको हेपाहा प्रवृत्ति पछिल्लो समय नेपालसग मात्रै नभै पाकिस्तानसग पनि व्यापक उत्तर चडाप हुँदै आएको छ । पाकिस्तानी प्रशासित जम्मु कश्मीरसमेत आफ्नो नक्सामा समेटेर सार्वजनिक गरेको छ ।

    भारतिय बिस्तारवाद विरुद्ध पाकिस्तानले त्यो तत्काल सार्वजनिक गरेको नक्सा तत्काल नसच्याय राष्ट्र संघमा जाने चेतावनी दिएको छ।

    भारतीय दानापानी खान पलकेका नेपाली नेता भन्ने यस विषयमा नेपाललको औपचारिक धारणा अहिलेसम्म सार्वजनिक गरेकाे छैन । भारतले लामो समय देखि नेपालको बिभिन्न भुभागमा भारतिय सेनाले परेड खेल्दै आएको छ,  कालापानीमा भन्ने आफ्नो सेना राखेर कब्जा नै गरेको छ।

    नेपालको सुगौली सन्धिलाई हेर्ने हो भन्ने लिम्पियाधुरा समेत नेपाली भूमि पर्दछ । बिडम्बनाका साथ भन्नू पर्छ तर नेपालकै आधिकारिक नक्सामासमेत लिम्पियाधुरा राखेको पाइदैन।

    जुनदिन नेपालले सुगौली सन्धी गरेको थियो त्याे सुगौली सन्धिमा कालीनदी सम्म नेपालको भूभाग भएको उल्लेख गरेको पाइन्छ । सुगौली सन्धी गरेको बेला त्यति बेलाका तत्कालीन राजाले काली नदीपारी नेपालले दाबी नगर्ने बताएका थिए ।

    नेपालको नक्सामा  लिपुखोलाको पश्चिम भुभाग मात्रै समेटिएको पाइन्छ। भारतले तत्काल सार्वजनिक गरेको नक्सालाई हेर्ने हो, भन्ने यो नक्सा सुगौली सन्धि विरुद्ध रहेकाे छ । भारतीय बिस्तारवाद  विरुद्ध सम्पूण रास्ट्रबादी नेपालीहरु एक जुट बनि यसकाे प्रतिवाद गर्नु पर्नु आजकाे आश्यकता देखिन्छ ।   लेखक- नकुल चौलागाईं

    प्रतिकृया दिनुहोस्