News Portal

किराँतहरुले दूधेमा मनाए उधौली पर्व

रातोपोस्ट संवाददाता
१३२३ पटक

शिवसताक्षी । झापाको शिवसताक्षीमा किराँतहरुको उधौली पर्व चासोक तङ्नाम भव्यताका साथ मनाएका छन् । । शिवसताक्षीको दूधे खेल मैदानमा स्थानीय किराँत याक्थुङ चुम्लङ शिवसताक्षीको आयोजनामा चासोक तङनाम मनाइएको हो ।

संघीय सांसद एलपी साँवा लिम्बु, प्रदेश संसाद झलकसिं दर्लामी, शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपालले संयुक्त  रुपमा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिन मनाइने यो चाडलाई विषेश गरी प्रकृति पूजक मानिने किराँत समुदायले मनाउने गर्दछन् । चासोक तङनाम अर्थात ‘न्वागी पूजा’ मा घरमा नयाँ अन्न बाली भित्र्याइसकेपछि प्रकृतिलाई चढाएर भोगचलन गरे विभिन्न किसिमका शारीरिक समस्याहरू नआउने मान्यता किराँत समुदायमा रहको चुम्लङका अध्यक्ष विरबल जवेगुले बताए ।

आदिमकालमा किराँतीहरूले उत्पादन गरेको विभिन्न अन्नवालीलाई नचढाई खाँदा विभिन्न किसिमका रोगहरू लागेको र पछि चढाएर खाएपछि मात्र सबैको रोग निको भएको ऐतिहासिक तथा सांस्कृतिक मान्यता रहेकाले वर्षेनी अन्नवालीलाई चढाई प्रसादको रुपमा खाएर चासोक तङ्नाम मनाउँदै आएको छ ।

कार्यक्रममा लिम्बु जातीका पहिरन लगाई विभिन्न सांस्कृतिका कार्यक्रम समेत गरिएको थियो । केलाङ, नृत्य प्रतियोगिता, धनुष काँड हान्ने, छोलो हान्ने प्रतियोगिता समेत गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा गायक गंगा फ्याक र मिस नेपाल २०१८ आइडल मेलिना तुम्सा, स्थानीय लिजार्ड व्याण्डको प्रस्तुती रहेको थियो भने बेलुकाको

कार्यक्रममा गायक प्रमोद खरेल र द भ्वाइस अफ नेपालका विजेता राम लिम्बुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

झापा, मोरङ, सुनसरी, इलाम लगायतका स्थानहरुकबाट कार्यक्रममा सयौका संख्यामा उपस्थित रहेकाे थियाे ।

प्रतिकृया दिनुहोस्