News Portal

शैक्षिक क्षेत्रका विकृति र राष्ट्रघात विरुद्ध संघर्ष गर्ने अखिल(क्रान्तिकारी)काे उद्घोष

रातोपोस्ट संवाददाता
११३४ पटक

ललितपुर ।नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी ललितपुरले शैक्षिक क्षेत्रमा देखिएका विकृति र राष्ट्रघात विरुद्ध संघर्ष गर्ने उद्धघोष गरेको छ । जिल्ला संगठनको २४ औं सम्मेलन सम्पन्न गर्दै अखिल क्रान्तिकारी, ललितपुरले संघर्षको घोषणा गरेको हो ।

प्रतिबन्धका बाबजुद पनि ललितपुर जिल्लामा भब्य कार्यक्रम सहित जिल्ला सम्मेलन सम्पन्न गरेको क्रान्तिकारी ललितपुरले जनाएको छ ।

अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा बिशेष अतिथी जनस्वास्थ्य कर्मी महासंघका महासचिव प्रकाश चन्द हुनुहुन्थ्यो।

क्रान्तिकारीको २४ औं सम्मेलनले अग्रीमको नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । जसको पदाधिकारीमा निर्माण , अनुपम, निश्चल,मिसन क्रमशः उपाध्यक्ष, सचिव र कोषाध्यक्ष बनेको संगठनले जनाएको छ ।

उद्घाटन र बन्दसत्र एकै दिन सम्पन्न गरेको क्रान्तिकारीको जिल्ला सम्मेलनमा नेकपा जिल्ला नेता तथा जवस फ्राक्सन इन्चार्ज प्रतिवद्ध र अखिल क्रान्तिकारीका उपत्यका संयोजक हर्क बिकको उपस्थिति रहेको थियो ।

सम्मेलनबाट निवर्तमान जिल्ला अध्यक्ष बिनोद लुइँटेललाई बिदाइ कार्यक्रम पनि गरेको संगठनले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्