News Portal

काठमाडौंका पहिलो मेयर श्रेष्ठकाे निधन

रातोपोस्ट संवाददाता
८१४ पटक

काठमाडौ।केन्द्रीय राजधानी काठमाडौं महानगरपालिकाका(तत्कालीन नगरपाालिका)  पहिलो मेयर जनकमान श्रेष्ठको ९२ बर्षकाे उमेरमा निधन  भएको छ ।

आज शुक्रबार विहान ७ बजे ९२ वर्षको उमेरमा उनकै निजि निवास टेकुमा निधन भएको परिवार स्राेतले जनाएको छ।

लामो समयदेखि कलेजोको क्यान्सरबाट पीडित मेयर श्रेष्ठ  वि. सं २०१० सालमा  पहिलो पटक काठमाडौँ नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

श्रेष्ठको दाहासंस्कार शुक्रबारै पशुपति आर्यघाटमा गरिएको छ । श्रेष्ठ वि. सं. २०१६ सालमा चिसापानी इलाका अदालत र विशेष अदालतको न्यायधिससमेत बनेका थिए ।

प्रतिकृया दिनुहोस्