News Portal

  • चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको हृदयघातका कारण निधन

    रातोपोस्ट संवाददाता
    ३७४ पटक

    काठमाडौं । चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराईको आइतबार राती ५४ बर्षको
    उमेरमा निधन भएको छ ।

    राती करिब १०:३० बजे काठमाडौंको चाबहिलस्थित ओम अस्पताल लाँदालाँदै उनको निधन भइसकेको अस्पताल श्रोतले बताएको छ ।

    निधनको कारण भने अस्पतालले खुलाएको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि मात्र निधनको कारण थाहा हुने
    बताइएको छ ।

    यद्यपी, उनलाई हृदयघात भएको अनुमान गरिएको छ ।

    भट्टराईले दर्जनौँ चलचित्रहरु तथा टेलिसिरियलहरुमा अभिनय गरेका थिए भने ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’,

    ‘देवर बाबु’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’ लगायतका चलचित्रहरु निर्माण गरेका थिए ।

    करिब एक बर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका भट्टरार्इले केही राम्रा कामको सुरुवात गरेको चलचित्रकर्मीहरु बताउँछन् ।

    उनको शवलाई त्रिवि शिक्षण अस्पतालमा पोष्टमाटर्म गरिने र त्यसपछि श्रद्धान्जलीका लागि चलचित्र बिकास बोर्ड परिसरमा राखिने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)