News Portal

अदालत परिसरबाट सुरक्षा घेरा ताेड्दै, छुटे विप्लवका दुई कार्यकर्ता

रातोपोस्ट संवाददाता
१७५४ पटक

झापा । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका झापा जिल्ला सदस्य एवम् दमक नगर सेक्रेटरी सुवास राई र युवाका जिल्ला सदस्य पुकार लामा प्रहरीकाे घेरा ताेड्दै आज रिहा भएका छन्। झापा जिल्ला अदालतको आदेशमा प्रति ब्यक्ति तीस हजारका दरले धराैटि बुझाएर निस्कने क्रममा आज उनिहरुलाई प्रहरीले पुन पक्राउ गर्न खाेजेपनि व्यापक जनसमर्थन कारण छुट्न सफल भएको आफन्तले जानकारी दिए।

प्रहरीले देशभर विप्लव कार्यकर्तालाई छुट्ने बित्तिकै अन्य मुद्दा लगाएर पुन पक्राउ गर्ने गरेपनि झापामा पहिलोपटक दुबैजना एकै पटकमा छुट्न सफल भएका छन्। गत साउन २० गते झापाको दमकस्थित बेलडाँगीबाट प्रहरीले उनिहरुलाई पार्टीको पर्चा र लेटरप्याड सहित पक्राउ गरेको थियोे ।

साउन १४ र १५ गते झापाको दमक,भद्रपुर,अर्जुनधारा,कमलगाउँपालिका लगायतका स्थानमा एनसेलेकाे टावरमाथि भएको आक्रमणको जिम्मा विप्लव नेकपाले लिएपछि प्रहरीले विप्लव कार्यकर्तालाई तिव्र रुपमा खाेजि गरिरहेकाे अवस्थामा  पक्राउ गरि अनुसन्धान पश्चात्,उनिहरुलाई एनसेेेल टावरमा बम विष्फोट गराएको आराेपमा मुद्दा चलाएर कारागार चलान गरेको थियोे । एनसेलले राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै विप्लव नेकपाले देशैभरी एनसेल टावरमा आक्रमण गरेको थियो ।

प्रतिकृया दिनुहोस्