News Portal

काकडभिट्टामा खुलेआम भारतीय नाेटकाे बिक्री,प्रहरीकै अगाडि लुटिन्छन्, सर्वसाधारण

रातोपोस्ट संवाददाता
१०१६ पटक

झापा। झापाको सिमानाका काकडभिट्टामा प्रतिबन्धित भारतीय नाेटकाे अबैध रुपमा  खुलेआम बिक्रीवितरण हुँदापनि यसको राेकथामका लागि कुनै निकायले वास्ता नगर्दा टाढाबाट आउने सर्वसाधारणहरु लुटिने गरेको पाइएको छ।

टाढाबाट आउने पर्यटकहरुले समेत प्रतिबन्धित भारतिय रकम महँगो रकममा किन्नुपरेकाे यहाँ प्रशस्तै देख्न पाइन्छ ।

 

टाढाबाट छिमेकी देश भारतमा उपचार गर्न जाने तथा घुम्न जाने सर्वसाधारण  जनताहरु काकडभिट्टा बसपार्कमा गाडिबाट ओर्लिन नपाउँदै प्रहरीकै आँखा अगाडि लुटिने गरेका छन्। नजिकै रहेको इलाका प्रहरी कार्यलयले आँखै अगाडि खुलेआम अबैध रुपमा भारतिय नाेटकाे बिक्रीवितरण हुँदापनि चुपचाप बसेपछि सर्वसाधारण मानिसहरु गाडिबाट झर्ने बित्तिकै लुटिन्छन्।

काकडभिट्टा सिमा नाकामा प्रशस्तै कानुनी अनुमती लिएर खुलेका मनिचेन्जर नभएको भने होइनन् ,तर पनि  यहाँ अबैध भारतीय नाेट खुलेआम बिक्रीवितरण गर्नेहरुकाे ठुलै भिड लाग्नेगर्छ।

 

 

यहीँका स्थानीय बासिन्दालाई भने यो दृश्य खासै नलागेपनि टाढाबाट पहिलोपटक आउने मानिसहरु यो दृश्य देखेर अचम्मित हुन्छन्।

कुनैपनि बस बसपार्कमा आउनेबित्तिकै हातमा अबैध भारु नाेटकाे बिटाे बाेकेर यसको काराेबारीहरु बसमा सवार मानिसहरु ओर्लनु नपाउँदै ढाेका छेक्न पुग्छन्,भने बसका यात्रुको हुलिया ताेकेरै त्यो मेराे मान्छे ,त्यो तेरो मान्छे भनेर तँछाडमछाड गर्छन्।

यसकाे असर कानुनी रुपमा खाेलिएका मनिचेन्जरलाई मात्रै नभएर टाढाटाढाबाट घुम्न आउने पर्यटकहरुलाई समेत पर्ने गरेको पाइन्छ।

यस्तो अबैध कार्य प्रहरीकै अगाडि हुने गरेपनि प्रहरीले वास्ता नगर्दा आफुहरु मात्रै नभएर सर्वसाधारणलाई समेत मार परेको मनिचेन्जर ब्यबसायीहरु बताउँछन् ।

 

प्रतिकृया दिनुहोस्