News Portal

नेपाल आइडलको तेश्रो संस्करण प्रशारण हुदै

रातोपोस्ट संवाददाता
१२२० पटक

काठमाडौं। नेपालकै चर्चित रियालीटी शो ‘नेपाल आइडलको तेश्रो संस्करण प्रशारण हुदैछ । गायन प्रतिभाहरुको खोजी गर्ने यस

रियालीटी शो बिहिबारदेखी एपी वानएचडी टेलिभिजनबाट प्रशारण हुदैछ ।

रियालीटी शो अब प्रत्येक बिहिबार र शुक्रवार एपी वानएचडी टेलिभिजनबाट बेलुकाको ८ बजेर ३० मिनेटमा प्रसारण हुँनेछ ।

गएको बर्ष पनि प्रशारण भएको यस रियालीटी शोलाई दर्शकले निकै रुचाएका थिए । नेपाल आइडलको पहिलो संस्करणमा पोखराका बुद्ध लामा विजेता बनेका थिए भने दोस्रो संस्करणमा धनगढीका रवी ओडले बाजी मारेका थिए।

अब नेपाल आइडलको तेस्रो संस्करणको विजेता को बन्छ, त्यो हेर्न बाकीँ नै छ ।

गायन प्रतिभाहरुको खोजी गर्ने क्रममा देशका मुख्य ६ वटा सहरमा गरिएको अडिसनपछी बिहिबारबाट कोका कोला नेपालको प्रस्तुतीमा नेपाल आइडल’ को तेश्रो सिजन शुरु हुदैछ ।

यस रियालीटि शोका निर्देशक सुरेश पौडेल हुन् भने जजमा इन्दिरा जोसी, काली प्रसाद बास्कोटा, न्युबज्रचार्य रहनेछन् ।

प्रतिकृया दिनुहोस्