News Portal

सुन्धाराको २५ रोपनी जग्गा गायब

रातोपोस्ट संवाददाता
८७९ पटक

काठमाडौं। काठमाडौंको प्रसिद्ध सुन्धाराको संरक्षणका लागि राखिएको २५ रोपनी १२ आना जग्गा गायब भएको पाइएको छ । यो जग्गाको भोगचलन कोबाट भइरहेछ भन्ने यकिन भएको छैन ।

वि.सं. १९०२ को एक लालमोहरमा सुनका पञ्चधारासहित सुन्धाराको उचित रेखदेख गर्ने गरी गोकर्ण र पाटनमा यो जग्गा रेखदेखकर्ताको जिम्मा दिइएको अभिलेख छ ।
यी जग्गाको विवरणबारे कुलमानसिंह बस्न्यातमार्फत लालमोहर सम्बन्धितलाई बुझाइएको विवरण छ ।

शाक्यका अनुसार अहिले सुन्धाराको मर्मत, सफाइ गर्ने गरी को नियुक्त भएको छ भन्नेबारे लगत कार्यालयलाई विवरण प्राप्त भएको छैन । हिजोआज यहाँ सरसफाइ रोकिएको छ । धरहरा नवनिर्माण सुरु हुनु अगावैसम्म सुन्धारा क्षेत्रलाई स्थानीय क्लबले मर्मत, सफाइ गर्दै आएको सिद्धिचरणचोक दफ्तर क्लबका अध्यक्ष राकेश शाही बताउँछन् ।

शाहीका अनुसार काठमाडौं महानगरपालिकाले पनि सरसफाइ गर्दै आएको थियो । गुठी संस्थानका अधिकारीले सुन्धाराको यो जग्गाका विषयसहित अतिक्रमणमा परेका गुठी जग्गाबारे नेपाल सरकारबाटै छानबिन भइरहेको जानकारी दिएका छन् । गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्