News Portal

एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु

रातोपोस्ट
६०५ पटक

इलाम। इलामको माङसेबुङमा एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु भएको छ ।

माङसेबुङ गाउँपालिका–४ सिमलटारस्थित सिमलटार सामुदायिक स्वास्थ्य इकाइले एकैपटक चारवटा खोप लगाइदिएपछि डेढ महिनाकी बुनु देवानको मृत्यु भएको हो ।

उनलाई एकैपटक बीसीजी, एफआईटीभी, डीपीटी र पीभीसी खोप लगाइएको थियो । खोपका कारण स्वास्थ्यस्थिति नाजुक बन्दै गएपछि उनलाई विराटनगरस्थित न्युरो अस्पताल भर्ना गरिएको थियो । न्युरोमा सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिएको थियो ।

शिशुलाई गत २२ मंसिरमा जन्मनासाथ दिनुपर्ने बीसीजीसहित ६ साताभित्र लगाइसक्नुपर्ने एफआईटीभी, डीपीटी र पीभीसी एकैपटक दिइएको थियो । बीसीजी लगाउन ढिला भएको भन्दै एकैपटक चारवटै खोप लगाइएको थियो ।

आर्थिक अवस्था कमजोर भएका कारण सघन उपचार कक्ष ९आईसीयूमा राखेर उपचार गर्न नसक्ने भन्दै परिवारले शिशुलाई घर फर्काएपछि उनको मृत्यु भएको जनाइएको छ । यता, स्वास्थ्यकर्मीहरूले खोपकै कारण शिशुको मृत्यु भएको भन्ने प्रमाण नभएको बताएका छन् ।

मृतकको परिवार र स्वास्थ्यकर्मीबीच भएको छलफलमा सहभागी स्वास्थ्यकर्मी स्थानीय आदिपुर स्वास्थ्य चौकीका अहेब सुरेन्द्र साम्बाले खोपकै कारण बच्चाको मृत्यु भएको प्रमाण नभएको बताए । राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्