News Portal

चिसोले झापाको जनजीवन प्रभावित

रातोपोस्ट संवाददाता
७६८ पटक

झापा । पुसको पहिलो दिनदेखि झापामा चिसो बढेको छ । शनिवार दिउँसो हुस्सु उघ्रिएर घाम झुल्किए पनि चिसो घटेको छैन ।

चिसोले सर्वसाधारणको दैनिकी प्रभावित भएको छ ।

दिनभर बाक्लो हुस्सु लागिरहनाले बजारमा सर्वसाधारणको हिँडडुल कम भएको छ भने हवाई यातायातमा असर परेको छ । दुई दिनयता झापाको तापक्रम १४ डिग्री सेल्सियसभन्दा माथि उक्लिन सकेको छैन ।

भद्रपुर विमानस्थलका प्रबन्धक पूर्णकुमा चुडालका अनुसार भिजिविलिटी न्यून भएका कारण नेपाल एयरलायन्सले काठमाडौंबाट

भद्रपुरसम्मको शुक्रवारको उडान रद्द गरेको थियो तीन दिनदेखि सौर्य एयरलायन्सले भद्रपुरका सबै उडान स्थगित गर्दै आएको थियो ।

शनिवारदेखि भने उडानहरु यथावत सञ्चालन हुन थालेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाले सबै इलाका प्रहरी कार्यालयलाई सामुदायिक प्रहरी सेवा केन्द्रसँग समन्वय गरेर सर्वसाधारणका लागि

सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

प्रहरीले झापाको राजगढ, मेचीनगर, भद्रपुर, गौरीगञ्ज लगायत विभिन्न २२ स्थानमा काठको मुडाहरु सडक किनारमा बालेर आगो ताप्ने व्यवस्था

मिलाएको जिल्ला प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए ।

काठको मुडा स्थानीय सामुदायिक बनहरुको सहयोगमा जुटाइएको छ ।

प्रतिकृया दिनुहोस्