News Portal

७० हजार घुससहित कम्प्युटर अपरेटर पक्राउ

रातोपोस्ट संवाददाता
८१३ पटक

सर्लाही ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको घरेलु तथा साना उद्योग कार्यालय मलंगवामा कार्यरत कम्प्युटर अपरेटर नविनकुमार सिंंहलाई ७० हजार रुपैयाँ घुससहित पक्राउ गरेको  छ ।

आयोगको कार्यालय बर्दिवासबाट खटेको टोलीले उनलाई बुधबार दिउँसो मलंगवामा रहेको घरेलुको कार्यालयबाट पक्राउ गरेको हो ।

उद्योग दर्ता गर्न सघाउने भन्दै सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा सिंंहलाई पक्राउ गरिएको हो ।

करारमा रहेका सिंंहलाई अनुसन्धानको लागि अख्तियारको कार्यालय बर्दिवासमा राखेर थप अनुसन्धान भइरहेको छ ।

अख्तियारले सर्लाहीबाट एक साताभित्र तीन जनालाई पक्राउ गरिसकेको छ।

प्रतिकृया दिनुहोस्