News Portal

तेस्रो अन्तराष्ट्रिय महोत्सवको दोस्रो दिन उल्लेखिय सहभागी

रातोपोस्ट संवाददाता
६७९ पटक

झापा । मेची उद्योग वाणिज्य संघको आयोजनामा धुलाबारीमा भईरहेको तेस्रो अन्तराष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवको दोस्रो दिन अवलोकन गर्ने मानिसहरुको उल्लेखिय सहभागीता रहेको छ ।

महोत्सवको पहिलो र दोस्रो दिनमा करिब २० हजार जना मानिसहरुले आवलोकन गरेकोे महोत्सव आयोजक समितिको कलाकार व्यवस्थापन संयोजक अञ्जु थापाले जानकारी दिनुभयो ।

पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा केटाकेटीदेखि बृद्धबृद्धासम्मले चाहे अनुसारको मनोरञ्जन प्राप्त गर्ने, देशी विदेशी खाद्यान्न, लताकपडालगायतका वस्तु तथा सेवा प्राप्त गर्नसक्ने संघका अध्यक्ष ऋषि तिम्सिनाले जानकारी दिनु भयो ।

महोत्सवमा विभिन्नखाले वस्तु तथा सेवाका २१० स्टल रहेका छन् । तीमध्ये १४ वटा बंगलादेशी, ५ वटा भारत र दुईवटा पाकिस्तानको स्टल रहेको महोत्सवको स्टल संयोजक राजुकुमार पोद्दारले जानकारी दिनु भयो ।

यीबाहेक रोटेपिङ, मौतका कुवा, सेल्फी जाने, चाकाचुलीलयातका मनोरञ्जनात्मक खेल तमासा रहेका छन् भने दैनिक राष्ट्रियस्तरका कलाकारको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमिति संयोजक ध्रुव कनालले जानकारी दिनु भयो ।

प्रतिकृया दिनुहोस्